दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

दक्षिण कोरियाली संसदले कुकुरको मासु खाने चलनको अन्त्य गर्दै

काठमाडौं । दक्षिण कोरियाको संसदले कुकुरको मासु खाने र बेचबिखन गर्ने परम्परागत चलनको अन्त्य गर्ने भएको छ ।

त्यहाँको संसदमा आज मंगलबार यस बिषयमा मतदान हुने अपेक्षा गरिएको छ । पशु कल्याणको लागि काम गरिरहेका संस्थाहरुले घरपालुवा जनावर कुकुरको मासु खानु र त्यही प्रयोजनका लागि बेचबिखन गर्नु अन्याय भएको भन्दै वर्षौंदेखि अभियान नै चलाईरहेका थिए ।

यसमा ठूलो संख्यामा समर्थन जुट्दै गएको पाईएपछि दक्षिण कोरियाका राजनीतिक दलहरु र सरकारले यसमा पुनर्विचार गर्न लागेका हुन् । दक्षिण कोरियालीले उच्च महत्व दिँदै आएका कुकुरको मांशाहार त्यहाँको शताब्दीयौं पुरानो चलन मानिन्छ। तर पछिल्लो समय विवादास्पद मानिँदै आएको यो अभ्यासलाई अन्त्य गर्न आज संसदमा मतदान हुँदैछ ।

गर्मीयाममा कोरियाली जनता कुकुरको मासु खानुलाई पाचन प्रणाली स्वस्थ्य राख्ने अभ्यास ठान्छन् । धेरैजसो पाका उमेरका व्यक्तिहरु कुकुरको मासु भोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्