विराटनगर । कोशी प्रदेशसभाका दलहरूले प्रदेशसभाको सभामुख निर्वाचन आज दिउँसो ३ बजे गर्ने निर्णय गरेका छन् ।
प्रदेशसभाको कार्यव्यवस्थाको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिएकी हुन् ।
प्रदेशसभा बैठक ३ बजेसम्मका लागि स्थगित समेत भएको छ । सत्तारुढ गठबन्धनको सहमति अनुसार सभामुख राप्रपाले पाउनेछ । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्टलाई सभामुख बनाउने निर्णय गरेको छ ।
राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत बैठकमा सहभागी थिए ।