‘तपस्वी’राम बहादुर बम्जनको घरबाट बिभिन्न १७ देशका मुद्रा बरामद

<span class='c1'>‘तपस्वी’राम बहादुर बम्जनको घरबाट बिभिन्न</span> <span class='c2'>१७ देशका मुद्रा बरामद</span>

काठमाडौं । मंगलबार पक्राउ परेका‘तपस्वी’रामबहादुर बम्जनको घरबाट ठूलो सङ्ख्यामा नेपाली तथा विदेशी रुपैयाँ बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जनाएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ नेपाली रकम र बिभिन्न १७ देशका मुद्रा बरामद गरेको हो । विदेशी मुद्रा नेपालीमा ३० लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामद भएको सीआईबीका एसएसपी दिनेश आचार्य जानकारी दिए । २०७६ सालमा सर्लाहीमा एक नाबालिका माथि बलात्कारको आरोपमाबम्जनको खोजीभइरहेकोमामंगलबार अपरान्हनिजको निवास बुढानिलकण्ठबाटपक्राउ गरिएको आचार्यले जानकारी दिए ।

आचार्यले भने,‘बाराको निजगढ नगरपालिका-१२ र हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ टन गाउँबाट रामबहादुर बम्जन भन्ने ३४ वर्षीय राम लाल बम्जन पक्राउ गरिएको हो । निजबाट नेपाली रुपैयाँमा जम्मा तीन करोड तीन लाख ७५ हजार पाँचसय रुपैयाँ र बिभिन्न देशको नेपालीमा रुपैयाँमा हेर्दा तीस लाख ९२ हजार ४ सय ६ रुपैयाँ बरामदभएको छ । उनको घरबाटमोबाइल १४ थान, पेनड्राइभ २० थान, आइप्याड ५ थान र निजको साथमा दुईवटा गाडी र चार वटा मोटरसाइकल भेटिएको छ ।’

प्रहरी उपरिक्षक एवम प्रवक्ता नवराज अधिकारीले बम्जनको घरबाट बरामद गरिएका सामग्री र कागजात साथै विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरुका सम्बन्धमाखोजतलास भइरहेको जानकारी दिएका छन् । टन गाउँमा लुकिछिपी बस्दै आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको र त्यस क्रममा निज बस्दै आएको घरभित्र प्रवेश गरी पक्राउ गर्ने क्रममा घरको चौथो तलामा रहेको दक्षिण तर्फ झ्यालबाट खाली रहेको जग्गामा हाम फालेर भाग्ने क्रममा पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।

बम्जनको आश्रमबाट चार अनुयायी बेपत्ता भएको पनि उजुरी आएको उनले जानकारी दिए । बम्जनलाई सर्लाही पठाउने भएको उनले बताए । जिल्ला अदालत, सर्लाहीबाट उनी विरुद्ध पक्राउ पूर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी भएको उनले जानकारी दिए । बम्जन विरुद्ध सर्लाहीकी २९ वर्षीया रिताबोटलाई बेपत्ता पारेको आरोपमा उनकी आमाले २०७५ सालमा किटानी जोहरी दिएकी थिइन् । बम्जन माथि बाराका सुरेश कुमार आले मगर, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग पनि छ । सर्लाहीस्थित आश्रममा बलात्कार भएको भन्दै बम्जनमाथि उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्