पपुवा न्युगिनीमा संकटकाल घोषणा

पपुवा न्युगिनीमा संकटकाल घोषणा

काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन् ।

यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दंगाले राजधानी पोर्ट मोरेस्बी र देशको उत्तरमा लाइमा ठूलो क्षति पु¥याएको छ । मारापेले शान्तिका लागि जनतालाई अपिल गर्दै सरकारले दंगाको कारणबारे समीक्षा गरिरहेको बताए । शान्ति सुरक्षा कायम गर्न थप प्रहरी परिचालन गरिएको छ । देशका प्रहरी प्रमुखका साथै अर्थ र कोष विभागका वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ । उनले तलब कटौतीमा प्रशासनिक अनियमितता भएको आरोप लगाए ।

बुधवार राजधानी पोर्ट मोरेस्बीमा सयौं पुलिस अधिकारी, सिपाही, जेल कर्मचारी र निजामती कर्मचारीहरूले तलब कटौतीलाई लिएर आफ्नो जागिर छोडेपछि ठूलो विरोध प्रदर्शन भएको थियो । यस अवधिमा देशमा अराजकता फैलियो र दंगा मच्चिँदा १६ जनाको मृत्यु भएको थियो ।
राजधानी पोर्ट मोरेस्बीमा भएको दंगाका धेरै भिडियोहरू बाहिर आएका छन्। यसले राजधानी पोर्ट मोरेस्बीको सडकमा हजारौं मानिसहरू देखाउँछन् । तीमध्ये धेरैले लुटिएका सामान बोकेर बसेका छन् । साथै, सहरमा कालो धुवाँ देखिन्छ ।

सुन र तामा खानी देशको उत्तरी भागमा पर्ने पोर्ट मोरेस्बीमा भएको दंगामा नौ जना र लाईमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्