पेरु । पेरुकी पोर्न स्टार थैना फिल्डस घरमै मृत भेटिएकी छन् ।
केही समयअघि एडल्ट फिल्म उद्योगमा आफूमाथि भएको शोषण र दुव्र्यवहारको खुलासा गरेकी थैना घरमा नै मृत भेटिएकी हुन् ।
उनले आफूमाथिको शोषण र दुव्यर्वहारको खुलासा गर्दै कैयौंमाथि आरोप लगाएकी थिइन् । उनले आरोप लगाएको केही महिनामा नै उनी मृत भेटिएकी हुन्। थैना पेरुको लोकप्रिय पोर्न स्टारमध्ये एक हुन् । थैनाका एक साथी र एडल्ट कन्टेन्ट क्रिएटर अलेजन्द्र स्वीटले ला रिपब्लिकालाई दिएको अन्तरर्वातामा थैनाको मृत्युको पुष्टि गर्दै आफू निकै दुःखी र शोकमा रहेको उल्लेख गरेका छन् ।
८ महिना अघि थैनाले आफूमाथि एडल्ट फिल्म उद्योगमा यौन शोषण हुने गरेको खुलासा गरेकी थिइन् । ‘मैले एडल्ट कन्टेन्ट बनाउन सुरु गरेपछि मलाई उद्योगमा यौन उत्पीडन र दुव्र्यवहार गरियो । शुरुमा त कैयौंले मलाई काममा राखेर ममाथि जे पनि गर्न सकिन्छ भन्ने सोचे । तर म घर आएँ, नुहाएँ र रुन थालें । यस्तो ममाथि कैयौं पटक भयो । जब समाज साँच्चै फोहोरले भरिएको छ भने एक महिला हुनु र एडल्ट कन्टेन्ट बनाउनु निकै मुस्किल काम हो’, उनले भनेकी थिइन् । न्यूज एजेन्सी नेपाल