प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन : प्रिन्स र रसिलालाई उपाधि

<span class='c1'>प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन</span> <span class='c2'>: प्रिन्स र रसिलालाई उपाधि</span>

काठमाडौं । एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रसिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएका छन् ।

स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्र फुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । पहिलो सेट २१-१६ ले जितेका प्रिन्सले दोस्रो सेटमा पनि प्रफुललाई २१-१६ मा नै रोक्दै उपाधिलाई आफ्नो नाममा लेखाउन सफल भए । एपिएफका देव राज राना र नेपाल पुलिसका विष्णु कटुवालले तेस्रो स्थानमा चित्त बुझाए ।

यस्तै महिला एकल तर्फ रसिलाले आफ्नै क्लबकी अणुमाया राई माथि सहज जित निकाल्दै उपाधि उचालिन् । पहिलो सेटमा अणुलाई २१-३ ले हराएकी रसिलाले दोस्रो सेट २१-१४ ले पराजित गरेकी हुन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सीमा राजवंशी संयुक्त तेस्रो भए ।
बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानीय तर्फ आयोजक स्पोर्टस् हवका अनुज तामाङ र सुमित थोकरले जित हात पारे । अनुज र सुमितको जोडीले स्पोर्टस् हवकै अनीश गुरुङ र रमेश ठकुरीको जोडीलाई १८-२१, २१-११, २१-१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए । तेस्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी संयुक्त तेस्रो भए ।
पुरुष शीर्ष २० वरीयता बाहेकको युगल तर्फ आयोजकका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप बिच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१-१४, २१-१९ को जित निकाल्दै उपाधि उचाले ।

तेस्रो स्थानमा एपिएफका भोज बहादुर गुरुङ र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङ्गवा र नेल्सन राईको जोडी संयुक्त तेस्रो भए ।
भेट्रान्स ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधि उचाले । खड्का र महर्जनको जोडीले आयोजकका आकाश छन्त्याल र आङ कुसाङ्ग शेर्पाको जोडीलाई २१-११, २१-१४ ले पराजित गर्दै उपाधि प्राप्त गरेका हुन् ।

तेस्रो स्थानमा चितवनका विद्वान गुरुङ र अमर रायमाझीको जोडी तथा पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे ।
४५ वर्ष माथिको प्रतिस्पर्धामा चन्द्रागिरि ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेस सेन्टरका सञ्जय कपाली र अनिल थाम्सुहाङ्गको जोडी माथि जित निकाल्दै उपाधि हात पारे ।

खत्री र पोखरेलको जोडीले कपाली र थाम्सुहाङ्गको जोडी माथि २१-१४, २१-१८ को जित निकालेका हुन् । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेस्रो भए । विजयी खेलाडीलाई पूर्व मन्त्री एवं नेकपा एमालेकी नेतृ पम्फा भुसालले पुरस्कार वितरण गरेकी थिइन् ।
करिब २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपबिजाते एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

ब्याडमिन्टन सङ्घको मान्यता प्राप्त वरीयता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरीयता बाहेक), स्थानीय स्तर, मास्टर्स युगल ३५ वर्ष माथि र ४५ वर्ष माथि गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्