हमास-इजरायल युद्धको १०० दिन पूरा

<span class='c1'>हमास-इजरायल युद्धको १००</span> <span class='c2'>दिन पूरा</span>

काठमाडौं । हमास र इजरायलबीच गाजामा जारी युद्धको आइतबार सय दिन पूरा भएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो लडाइँ अब नरोकिने बताएका छन् ।

इजरायली सेना पूणर् विजय अर्थात हमासको विनाशसम्म जारी रहनेछ । नेतन्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायल विरुद्ध प्यालेस्टिनीहरूको नरसंहारको दक्षिण अफ्रिकाको आरोपलाई पनि अस्वीकार गरे ।

नेतान्याहुले अदालतबाट कुनै पनि दबाब स्वीकार गर्न अस्वीकार गर्दै दक्षिण र उत्तर दुबैमा सुरक्षा पुनस्र्थापित गर्ने बताए । ‘न हेग न त कुनै अन्य शक्तिले हामीलाई रोक्न सक्छ,’ उनको भनाइ छ, ‘हामी गाजामा विजयको बाटोमा छौं र हामीले विजय हासिल नगरेसम्म हामी रोकिने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्