‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’

‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’

काठमाडौं । इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ ।

मंगलबार इरानले पाकिस्तानमा रहेको आतंकवादी समूह जैश अल-अदलका अड्डाहरूलाई निशाना बनाएर हमला गरेको थियो । इरानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरिएको थियो ।इरानले आतंकवादी स्थानहरूलाई मिसाइलर ड्रोनले निशाना बनाएको थियो । आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ ।

इरानको यो कदमले दुई देशबीचको सम्बन्ध बिग्रने डर छ । दुवै देशले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम राख्दै एकअर्कालाई शंकाको दृष्टिले हेर्दै आएका छन् । तर,पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै उक्त हमलालाई सार्वभौमसत्ताको उल्लङ्घन मानेको छ ।
‘पाकिस्तानको सार्वभौमसत्ताको यो उल्लङ्घन पूणर्तया अस्वीकार्य छ र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि इरानले सिरिया र इराकमा पनि आक्रमण गरेको थियो । सुन्नी आतंकवादी समूह इस्लामिक स्टेटले यस महिना गराएको दुईवटा आत्मघाती बम विस्फोटपछि तेहरान आक्रोशित छ, जसमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्