वीपीको साख र सान जोगाउन सकस

<span class='c1'>वीपीको साख र</span> <span class='c2'>सान जोगाउन सकस</span>

सुजता लिम्बू
विराटनगर। एक समय वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको साख र सान गजबको थियो ।

पर्याप्त भौतिक पूर्वाधार दक्ष जनशक्ति र उत्कृष्ट अध्ययन अनुसन्धान केन्द्र छ । तर, पनि राजनीतिक दाउपेचका कारण पछिल्लो समय विपिको साख जोगाउन नै सकस परेको छ । यहाँका कर्मचारी, चिकित्सक, नर्स र विद्यार्थीको आन्दोलन त वर्षेनी हुने गरेको छ । र अहिले पनि भइरहेकै छ । कहिले सेवा सुविधाका विषय उठान गर्दै, कहिले भ्रष्टाचारको विरोधमा त कहिले शुद्धीकरणका लागि भन्दै वर्षमा धेरै पटक आन्दोलन हुने गरेको छ । तर, वर्षेनी हुने आन्दोलनका बीच पनि समस्या सुल्झिन भने सकेको छैन । झनै समस्या ग्रस्त बन्दै गएको छ । यसको प्रमुख कारण राजनीतिक दल, विपिमा कार्यरत कर्मचारीमा राजनीति भित्रिनु र आर्थिक स्वार्थ मौलाउनु पनि रहेको स्थानीयवासीहरु बताउछन् ।

अहिले पनि बढुवा प्रक्रिया रोकिएको भन्दै शिक्षक र कर्मचारीको आन्दोलनले विपिमा उपचार र पठनपाठन प्रभावित भएको छ । गत आइतबारदेखि बिपी प्रतिष्ठानको ओपिडी सेवा र विद्यार्थीको पठनपाठन बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।

यता, प्रतिष्ठानमा बढ्दै गएको समस्या सुल्झाउन माग राख्दै आइतबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए । अझै ताला खुल्न सकेको छैन । यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।
यसअघिको आन्दोलनका क्रममा समस्या समाधान गर्ने सहमति भए पनि प्रतिष्ठानमा कायम मुकायम उपकुलपति डा. प्रल्हाद कार्कीका कारण सहमति कार्यान्वयन हुन नसकेको आन्दोलनरत कर्मचारीहरुको बताउछन् । प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा.प्रदिप आचार्यका अनुसार सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको हो ।
प्रतिष्ठानका चिकित्सक शिक्षकको सात वर्षदेखि तथा कर्मचारीको १५ वर्षदेखि पदोन्नति प्रक्रिया रोकिएको थियो ।

गत वर्ष पुस १९ गते चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि विज्ञापन खुलेपछि प्रक्रिया अघि बढेको थियो । पदोन्नति हुनुपर्नेमध्ये आधा चिकित्सक, शिक्षक र कर्मचारीको अन्तर्वार्ता सकिएकोमा कार्की कायममुकायम उपकुलपति भएर आएपछि सबै प्रक्रिया रोकिएको छ ।
असोजमा आन्दोलन गरेका शिक्षक, चिकित्सकहरुसँग गत कात्तिक २० गते धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई तथा विभिन्न राजनीतिक दलको रोहबरमा पुस २ बढुवा प्रक्रिया सुरु गरी १५ गतेसम्ममा माग पुरा गराउने सहमति भएको थियो । तर, सहमति अनुसार बढुवाको अन्तर्वार्ता सुचारु नभएपछि शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले संयुक्त रूपमा आन्दोलन थालेका हुन् ।

भिसि भएर नियुक्ति भएका कार्कीकै कारण समस्या नसुल्झिएको लेखक तथा विश्लेषक भवानी बराल बताउछन् । कार्कीले सिर्जना गरेको समस्या भएको बताउदै उनले अहिले फेरी आफु नभए श्रीमती डा संगीता भण्डारीलाइ भिसी बनाउन लागि परेको आरोप लगाए ।
उनी भन्छन्,‘मेडिकल माफीयालाइ अस्पतालको नेतृत्व दिएपछि हुने यस्तै हो ।’

धरान उपमहानगरपालिकाका पूर्वप्रमुख किशोर राई पनि अति राजनीतिकरणको कारण प्रतिष्ठान धरासायी बनेको स्वीकार गर्छन् । ‘सबैतिरबाट प्रतिष्ठानको दोहन पनि गर्ने र राजनीति गर्ने अखडा मात्रै बनाउने काम भइरहेको छ’ उनी भन्छन्, ‘नेपाल सरकारबाट राजनीतिक नियुक्ति गर्ने, संचालन गर्ने विधि नै अहिलेको परिवेशमा ठिक छैन ।’ भिसी र रजिष्टारहरु अक्षम भएकै कारण प्रतिष्ठान संकटमा परेको उनको भनाइ छ । राजनीतिक दलहरुको हाबीका कारण प्रतिष्ठानको साख धरापमा परेको आन्दोलनरत पक्षको बुझाई छ ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकहरूका माग सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालको बोलावटमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

धरानस्थित प्रतिष्ठान लामो समयदेखि समस्यामा छ । वृत्ति विकासका योजनामा नियमिततासँगै सुविधा माग गर्दै चिकित्सक आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्