इरानी भूमीमा पाकिस्तानको आक्रमण

इरानी भूमीमा पाकिस्तानको आक्रमण

काठमाडौं । पाकिस्तानले इरानी भूमीमा जवाफी कारबाही गरेको छ।

पाकिस्तानी वायुसेनाले आज इरानको सीमामा लुकेका आतंकवादी लक्षित आक्रमण गरेको हो । आक्रमणमा ७ जना इरानी आतंककारी मारिएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

बलुचिस्तानमा इरानले हवाई आक्रमण गरेपछि इरान-पाकिस्तान तनाव चर्किदै गएको छ । पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आज बिहान पाकिस्तानले इरानको सिस्तान(ओ(ब्लोचिस्तान प्रान्तमा आतंकवादी लुकेका ठाउँहरूमा सैन्य हमला गरेको जनाएको छ । यस कारबाहीमा धेरै आतंककारी मारिएको जनाएको छ ।

अपरेसनलाई ‘मार्ग बार सरमचार’ नाम दिइएको थियो । मृत्यु हुनेमा तीन महिला र चार बालबालिका छन् । पाकिस्तानी हवाई हमलापछि इरानको सीमावर्ती गाउँहरूमा धेरै विस्फोटको आवाज सुनिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्