-सोमनाथ लुइटेल "रवि पाल्पाली"
चोखो मयाले बाजा चुरायौ ,
आँधो बनाई दाना कुरायौ ।
जालो कसैको पाता बनाको ,
माया भनेरै काया पुरायौ ।
सानै भनेरै बोली पुगेकै ,
आँखा बोलेको व्याधा तुरायौ ।
कालो रहेछौ आत्मै मुरारी ,
बाधा गराई बेथा फुरायौ ।
बालो हतासो छाया परेसी ,
चाला नराम्रो कात्रा जुरायौ ।