अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन(फोटो फिचर)

<span class='c1'>अयोध्यामा प्राण प्रतिष्ठा, जानकी</span> <span class='c2'>मन्दिरमा दीप प्रज्वलन(फोटो फिचर)</span>

जनकपुर । भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज(सोमबार) बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ । राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सवैमा आग्रह गरिएको छ ।अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अंकित झण्डा झुण्ड्याइएको छ ।सयौं वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्