विराटनगर। शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगर विधिवत रुपमा उद्घाटन भएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री केदार कार्कीले सोमबार संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्।
यसअघि तत्कालिन मुख्यमन्त्री शेरधनराईको नेतृत्वको सरकारले कोरोना महामारीको बेला करोडौँ रकम खर्च गरेर नेशनल ट्रेनिङ लिमिटेडको पुरानो गोदाम घरमा अस्पताल सञ्चालनमा ल्याएको थियो । त्यसपछि प्रदेश सरकारले कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रादेशिक प्रस्तुति तथा स्त्री रोग अस्पतालमा विकसित गर्ने प्रारम्भिक अध्ययनका लागि १२ लाख रुपैयाँ छुट्याएको थियो ।
एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश स्तरीय संक्रामक रोग उपचार केन्द्रका लागि १५ लाख रुपैयाँ विनियोजन गरियो ।
यस्तै, २०७९ साल भदौ ३१ गतेको मन्त्रिपरिषद्को निणर्य अनुसार असोज २ गते सो अस्पताललाई संक्रामक रोग तथा संघन उपचार केन्द्रको नाममा सञ्चालनमा ल्याएको थियो ।
अहिले ५ करोड ५० लाख बजेट विनियोजन गरेर शैलैजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले विद्यार्थीलाई छात्रवृत्तिबाट पढाएर भएपनि अस्पतालमा चिकित्सकका लागि नियुक्ति गर्ने दाबी गरे ।
‘डाक्टर पुग्दैन होला यहाँहरुलाई चिन्ता लागेको होला यही सोँचर कोशी प्रदेशको संसदले सर्वसम्मतिरुपमा बजेट पास गरेको छ । डाक्टर, वाकिल, छुट्टै स्कलरशिपको लागि पैसा छुट्याएको छ ,‘ उनले भने,‘यसै पल्ट मुटुको विशेषज्ञ बढाउछौँ र यो अपस्पतालमा काम गराउछौँ ढुक्क हुनुहोस् ।’
यस्तै प्रदेश प्रमुख खापुङले अस्पतालको उद्धघाटनले सबै खुशी भएको र यो राम्रो कामको सुरुवात भएको बताए ।