विराटनगर । आगो ताप्ने क्रममा मोरङको कटहरीमा एकजना महिलाको मृत्यु भएको छ । आगोले जलेर सिकिस्त घाइते भएकी महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जलेर घाइते भएकी कटहरी गाउँपालिका–२ की ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।
घरअगाडि आँगनमा बालेर ताप्ने क्रममा कपडाबाट शरीरमा आगो सल्किएर उनी केही दिनअघि घाइते भएकी थिइन् ।
उनको विरानगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको थियो । शरीरका विभिन्न भाग जलेर सिकिस्त भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।