विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मतदान गरेनन् ।
साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी भएनन् ।
राजधानी विराटनगरमा मतदान अन्तिम चरणमा पुगेको छ । अब ४ जना स्थानीय तहका जनप्रतिनिधिले मात्रै मतदान गर्न बाकी रहेको सहायक निर्वाचन कार्यालयले जनाएको छ ।
ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार बिरामी छन् । गच्छदार बुधबार भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि उनको उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ ।