कोशी प्रदेशमा सरकार विस्तारको तयारी

कोशी प्रदेशमा सरकार विस्तारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ । तर, कहिले मन्त्रीपरिषद विस्तार हुने भन्ने मिति चाँही तय भएको छैन । मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले जानकारी दिए ।

शुक्रबार बैठक बसेको भए ठोस निर्णय नभएको एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले बताए । ‘हामीले सरकार विस्तार छिटो गर्नु भनेर जोड गरेका हौँ, मुख्यन्त्री ज्युले समय माग गर्नुभएको छ,’ राईले भने,‘हाम्रो चाहीँ तयार भएकाले जोड गरेको हो मुख्यमन्त्री ज्युले समय माग गर्नुभएको छ ।’ काँग्रेसबाट प्रदिप कुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी रहेको स्रोतले जनाएको छ ।

यता, माओवादी केन्द्रबाट भने एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने सम्भावना रहेको छ । यता, मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने योजनामा छन् । तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ । हाल काँग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन् ।

काँग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्