पूर्वराष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकी सिमा विपत्ती पर्खिरहेको छ’

पूर्वराष्ट्रपति ट्रम्पले भने, ‘अमेरिकी सिमा विपत्ती पर्खिरहेको छ’

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीमा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै अमेरिका–मेक्सिको सीमानामा भइरहेको सम्झौताले विपत्ति ल्याउन सक्ने लेखेका छन् ।
उनले अमेरिकाको दक्षिणी सीमालाई विश्वको इतिहासमा सबैभन्दा खराब भएको भन्दै अमेरिकामा ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘तीन वर्षअघिसम्म हाम्रो सिमाना अमेरिकाको इतिहासमा सबैभन्दा बलियो र सुरक्षित थियो । आज विपत्ति पर्खिरहेको छ । यी विश्वको इतिहासमा सबैभन्दा खराब सिमाना हुन् र हाम्रो देशका लागि खुला घाउ जस्तै छन्‘। ट्रम्पले लेखेका छन्, ‘विश्वभरका आतंककारीहरू बिना छानबिन हाम्रो देशमा प्रवेश गरिरहेका छन् । अमेरिकामा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने शतप्रतिशत सम्भावना छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदमा अमेरिका–मेक्सिको सीमामा भएको सम्झौताको बारेमा कुरा गरिरहेका छन् । योसँगै ट्रम्पले रिपब्लिकन पार्टीका सांसदहरूलाई कुनै पनि सम्झौतामा सहभागी नहुन अपिल गरिरहेका छन् । ट्रम्पले नराम्रो सम्झौताभन्दा कुनै सम्झौता नहुनु राम्रो भएको बताए । डोनाल्ड ट्रम्पले गैरकानुनी रुपमा अमेरिका आउने शरणार्थीलाई लिएर जो बाइडेनलाई घेरा हालेका छन् । यो वर्ष नोभेम्बरमा हुन लागेको राष्ट्रपति चुनावमा अवैध शरणार्थीको मुद्दा सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ । यही कारणले गर्दा ट्रम्पले यस विषयमा जो बाइडेनको सरकारविरुद्ध जेहाद छेड्न कुनै मौका छोड्न चाहँदैनन् ।

बाइडेनलाई पनि यो थाहा छ, त्यसैले उनले आफ्नो एउटा वक्तव्यमा कंग्रेसले सहमति गरेमा अमेरिका–मेक्सिको सीमा पूर्ण रूपमा बन्द गर्न तयार रहेको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्