रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन

<span class='c1'>रेवन्त-रुक्मणी मेमोरियल विराट क्यान्सर</span> <span class='c2'>इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन</span>

विराटनगर । रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट औपचारिक रुपमा उद्धघाटन भएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा आइतबार नेपाली काँग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. शेखर कोइराला र वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् ।

मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहको विराट मेडिकल शिक्षण अस्पतालमा नै रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएको हो । सोही दिन रेवन्त— रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रमको पनि आयोजना गरेको थियो ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका विरामीलाई उपचारको लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सैलियत ‘पिनट’ मात्र हुने बताए । क्यान्सरका विरामीहरूका लागि सरकारले पाँच हजारको प्रतिव्यक्ति बीमा गरिदिनुपर्ने समेत उनको भनाई थियो
‘मेरो परिवारमा क्यान्सरका १५ जना आफन्त गुमाउनु परेको छ । क्यान्सर हुँदा कति पीडा हुन्छ । त्यो मैले महसुष गरेको छु,’ उनले भने ।
क्यान्सरको रोकथाम र नियन्त्रणमा सरकारले योजना बनाएर लाग्नुपर्नेमा उनको जोड थियो ।

‘सरकारले क्यान्सर पीडितको लागि एक लाख रुपैयाँ दिने गरेको छ । तर त्यो एक लाख रुपैयाँ क्यान्सरको उपचारको लागि पिनट मात्र हो । राज्यले गर्न सक्ने त्यो भन्दा धेरै पनि छैन । उनले भने, ‘भोली हामीनै पनि सरकारको नेतृत्व गरौला । त्यो एक लाखलाई दश लाख गरिदियौ भनेर कसैले भन्यो भने त्यो सक्ने अवस्था रहदैन ।,’ सरकारले स्वास्थ्य बीमाको कार्यक्रमलाई पनि प्रभावकारी बनाएर लैजानुपर्ने बताए । ‘सरकारले स्वास्थ्य बीमाको कार्यक्रम ल्याएको छ । क्यान्सरको लागि बेग्लै एक लाख दिएको छ । सरकारलाई आव्हन गर्न चाहन्छु । प्रत्येक जनतालाई पाँच हजारको हिसाबले बीमा गरिदिए क्यान्सर रोगीका विरामीको उपचरामा सहज हुने थियो,’ नेता कोइरालाले भने ।

आफू डाक्टर पनि र राजनैतिज्ञ पनि भएकोले दैनिकजसो विरामीका कुरुवा र आफन्तहरू अस्पतालमा उपचारको लागि भनिदिनुपरो भन्दै आउने गरेको बताए। ‘अस्पतालमा भनिदिनुपरो भन्दै काठमाण्डौ र विराटनगरमा आउने गरेका छन् । आफु दिल्लीमा पढेको हुनाले चिठी लेखिदिनु भन्दै पनि आउने गरेका छन्,’ उनले भने, ‘यो रोक्न राज्यले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजानुपर्दछ ।’

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सर रोगको रोकथाम र नियन्त्रण गर्न जनचेतना गर्न जरुरी रहेको बताए । क्यान्सरबाट श्रीमति यसोदा श्रेष्ठको मृत्यु भएको चर्चा गर्दै उनले यो रोग लाग्न नदिन सचेतना अभियान चलाउन जरुरी रहेको समेत बताए । विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले जनताको माया, प्रेम, सद्धभाव र साथले छोटो समयमा बुढीगँगामा विराट मेडिकल, टिचिङ हस्पिटलको उद्धघाटन गर्न सकेको बताए ।

उनले बुवा र आमाको स्मरणमा रेवन्त- रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट उद्धघाटन गरिएको उनको भनाई थियो । आफूले देखेको सपनामा परिवार कुनैपनि आँच आउन नदिएको अविश्वास र खोट नलगाएको बताउदै उनले त्यो नै प्रेरणाको ठूलो श्रोत रहेको बताए । आशा कार्यक्रमको उद्धेश्य जीवन हाम्रो हातमा नियन्त्रण नभएपनि आशा मार्न नहुने भनाई रहेको उल्लेख गर्दै उनले क्यानसर चाँडै पहिचान गर्न सके उपचार हुन सक्ने उनको भनाई थियो । आशा क्लोज द केयर ग्यापले जनचेतनामूलक कार्यक्रमको समेत आयोजना गरेको थियो । आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटाभन्दा बढी कार्यक्रम एउटै स्थानमा एकै दिन सम्पन्न गरिएको थियो । क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौँ भन्ने नारासहित उक्त कार्यक्रको आयोजना गरिएको हो ।

कर्यक्रमको सुरुवात स्कुल र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्धारा जनचेतना सम्बन्धि प्रस्तुति , स्कुलका विद्यार्थीहरुद्धारा जनचेतना सम्बन्धि प्रस्तुती , स्कुलका विद्यार्थीहरुद्धारा प्रतिभा प्रस्तुती, सांगीतिक कार्यक्रम जस्ता विभिन्न कार्यक्रमको आयोजना गरी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्