‘ग्रामी’मा तीन अवार्ड जितेका किलर माइक पक्राउ

‘ग्रामी’मा तीन अवार्ड जितेका किलर माइक पक्राउ

काठमाडौं । ¥यापर र अभियन्ता किलर माइकले आइतबार राती सम्पन्न ६६ औं संस्करणको ‘ग्रामी अवार्ड २०२४’ मा तीन अवार्ड जिते ।

जसमा उनले २० वर्षमा पहिलो पुरस्कार पनि पाए । अवार्ड जितेको केही समयपछि किलरलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । उनका प्रवक्ताले पक्राउ परेको पुष्टि गरेका छन् । लगातार तीन अवार्ड जितेपछि किलरलाई क्र्रिप्टो डटकम एरिनामा लसएन्जल्स प्रहरीले पक्राउ गरेका थिए । प्रहरीले यो मामलामा केही बोलेको छैन । प्रहरीले एक पुरुष पक्राउको जानकारी दिएको छ । तर, को पक्राउ परे भन्ने विषयमा आधिकारिक केही बताएको छैन । किलर निकटका अनुसार किलरलाई प्रहरीले एक दुष्कर्म मामलामा हिरासतमा लिएको हो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रहरीले किलरलाई लसएन्जल्समा क्र्रिप्टो डटकम एरिनाबाट लगिरहेका देख्न सकिन्छ । साथै उनको हातलाई पछाडिपट्टि हत्कडी लगाएर बाँधिएको छ । किलरले ‘ग्रामी अवार्ड’मा ¥याप प्रेजेन्टर, ¥याप गीत र ¥याप एलबम विधामा गरी तीन अवार्ड जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्