कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच वार्ता हुने

कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच वार्ता हुने

विराटनगर। कोशी प्रदेश सरकार र पहिचानपक्षधर बीच वार्ता हुने भएको छ ।

फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामाकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा आउने भएको हो ।

पुनः नामाकरण संघर्ष समितिको आज बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिको संयोजक डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।

"भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ ,सरकारले वार्ताको लागि आव्हान गरेको छ" उनले जानकारी दिदै भने" भोलि या पर्सि वार्तामा बस्छौ विषयमा छलफल हुन्छ त्यसको लागि पत्र तयार पार्दैछौ ।"

कोशी प्रदेश सरकारले भौतिक पुर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिती गठन गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्