कोशी प्रदेश सरकार र आन्दोलनरत पक्ष भन्छन्,‘वार्ता सकारात्मक रहयो ’

कोशी प्रदेश सरकार र आन्दोलनरत पक्ष भन्छन्,‘वार्ता सकारात्मक रहयो ’

विराटनगर । कोशी प्रदेश सरकार र आन्दोलनपक्षबीचको वार्ता सकिएको छ ।

वार्ता सकारात्मक रहको र पुनः भोली (शुक्रबार) ८ बजे वार्ता बताइएको छ । विराटनगरस्थित बिग होटलमा दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको थियो ।

फागुन १७ गते तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानपक्षधर कोशी नाम खारेजी गरेर पहिचानसहितको नामाकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु समेत भएको थियो । भने, थुप्रै आन्दोलनरत पक्ष र सुरक्षाकर्मी घाइते समेत भएका थिए । कोशी नाम पाएदेखि अशान्त रहेको कोशी प्रदेशमा यसअघि हिक्मत कुमार कार्की नेतृत्वको सरकारले पनि आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो । त्यस समय वार्ता निष्कर्षमा पुगेको थिए । आजको वार्ताको सन्दर्भमा रहेर सरकार पक्षको वार्ता टोलीको संयोजक भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जबेगु र पुनः नामङ्कन संघर्ष समितका प्रवक्ता किराँत राई यायोक्खाका उपाध्यक्ष युवराज राईसँग वार्तापछि लिइएको प्रतिक्रिया...
सरकार पक्षका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री , कमल प्रसाद जबेगु
१.आजको वार्ता कस्तो रहयो ?
प्रदेशको नामाकरणको सन्दर्भमा छलफल गरेका छौँ । वार्ता औपचारिक रुपमा आज सुरुवात भएको छ । अब वार्ता भन्ने कुरा धेरै समयसम्म लाग्छ, क्षणिक सकिँदैन । भोलि हामी ८ बजे बस्छौ । त्यसपछि के के कुरा गर्नुपर्छ भोलीको मितिले बैठक बस्छौ र त्यसपछि यो -यो विषयमा छलफल भयो भनेर यहाँहरुलाई भन्छु ।

२. यो वार्ताको औचित्य रहन्छ ? नामको मुद्दा त प्रदेशसभाले टुंगो लगाउने हो तपाईहरुसँग दुई तिहाई बहुमत पनि छैन वार्ता बसेर टुंगो लाग्ला र ?
वार्ता हामीले टुंगो लगाउने होइन । उहाँहरुसँग बसेर साझा सहमितका साथ प्रदेश सरकारलाई हामीले सिफारिस गर्ने हो प्रदेश सरकारले त्यो हामीले गरेको सिफारिसको आधारमा प्रदेश सांसदमा टेबल गर्छ । र प्रदेश सांसदले नामकरण खारेज गर्ने हो कि नया दिने हो या त्यही राख्ने प्रदेशले मात्रै टुंगो लगाउने अधिकार हुन्छ ।

३ . यो सम्भव छ ?
हाम्रो प्रयास रहन्छ ।

पुन: नामङ्कन संघर्ष समितिका प्रवक्ता, युवराज राई
१. कुन कुन विषयमा तपाईहरुको छलफल रहयो ?

हामीले कोशी नाम खारेजीको विषयमा कुरा गरेका छौँ । आन्दोलनको माग अनुसारको पुनः नामाकरणको विषयमा कुरा राखेका छौँ । आन्दोलनमा घाइते भएका र झुटो मुद्दामा फसाइएका बन्दीहरु र क्षतिपूर्तिको विषयमा पनि कुरा भएको छ । यसमा उहाँहरुले सकारात्मक लिनुभएको छ । र केही वैकल्पिक कुराहरु पनि लिएर आउनुहोस् भन्नुभएको छ । यसको डिटेली पुनः भोली वार्ता बसेर गर्ने छौँ ।

२. यो वार्ताको औचित्य रहन्छ ? सदनले टुंगो लगाउने कुरा सरकारसँग वार्ता बसेर हुन्छ ?

गणितको हिसाबले र संसदको हिसाबले बहुमत पुर्याउने सरकारको तर्फबाट पुर्याउने कुरा हो । हामी अस्तित्वबादी पहिचानवादीको तर्फबाट कुरा राख्ने हो। त्यो उहाँहरुले पुर्याउनुपर्ने कुरा हो । पुर्याउने प्रयास गर्छोँ भन्ने आश्वसन दिनुभएको छ ।

३. वैकल्पिक कुराहरु लिएर आउनुहोस भन्नुभयो त्यो वैकल्पिक कुरा के हो ?

वैकल्पिक कुराहरुमा नामको विषयमा कसरी कतिजनाको सहमति जुटाउ नसकिन्छ । कुनकुन दलहरु सहभागि हुनसक्छ र सहमति प्राप्त हुनसक्छ । यो विषयमा छलफल भयो ।

४. तपाईहरुले प्रस्ताव गर्ने नाम के हुन्छ ?
अहिले प्रस्ताव गर्ने नामको विषयमा छलफल आएको छैन । अहिले पुनः नाामाकरणको विषयमा मात्रै छलफल गरेका छौँ ।

५. जस्तै एउटा नाम दिएर त्यसको विषयमा छलफल गर्दा के हुन्छ ?

अहिले त्यो हुँदैन । त्यसको विषयमा पछि छलफल गर्छौ । नाम दिएर छलफल हुन्छ त्यो अनुसार अहिले पुनः नामकरण हुने अवस्था छैन । पुनः नामकरण हुन्छ भनेर जब टुगो लाग्छ अनि छलफल गर्छौ ।

६.तपाईहरु निष्कर्षमा पुग्छ भनेर वार्तामा आउनुभएको कि औपचारिकतामा मात्रै आउनुभएको हो ?

वार्ता र छलफलबाट नै हो । निषकर्षमा पुग्ने वार्ताबाट निष्कर्षमा पुग्छौँ भनेर नै हो हामी यहाँ वार्तामा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्