कोशी प्रदेश सरकार विस्तारको तयारी , आज दिउँसो ४ बजे सपथ

कोशी प्रदेश सरकार विस्तारको तयारी , आज दिउँसो ४ बजे सपथ

विराटनगर । काेशी प्रदेश सरकार आज विस्तार हुने भएकाे छ ।

आज दिउँसो ४ बजे शपथ हुने तय भएकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री शमसेर राईले जानकारी दिए । थप हुने मन्त्रीहरूमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार, रामकुमार खत्री मन्त्री तथा ईन्दीरा थापा राज्यमन्त्री हुने भएकी हुन् ।

यस्तै माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीकाे शपथ लिने तय भएकाे छ । स्राेतले दिएकाे जानकारी अनुसार सुनुवार स्वास्थ्य र खत्रीले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । यस्तै, थापा स्वास्थ्य राज्यमन्त्री बन्नेछिन । यस्तै माओवादीका बुर्जा मगर सिँचाई तथा उर्जा र कार्की सामाजिक विकास मन्त्री हुने भएका हुन् ।

हाल प्रदेश सरकारमा कांग्रेसबाट शमसेर राई आन्तरिक मामिला तथा कानून, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भाैतिक पूर्वाधार मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्