विराटनगरको काली मन्दिर : नवरात्रीमा विशेष पुजा, पर्यटकको रोजाई

विराटनगरको काली मन्दिर : नवरात्रीमा विशेष पुजा, पर्यटकको रोजाई

इन्दु साह
विराटनगर । विराटनगर ७ मा रहेको काली मन्दिर कोशी प्रदेशको प्रसिद्धमा पर्दछ । विराटनगरको मुख्य बजारमा जलजला मोड दक्षिण १५० वर्षदेखि काली मन्दिरको पुजाआरधना हुँदै आएको छ । विसुद्ध नेपाली पारंपारिक प्यागोडा शैलीमा मन्दिरको संरचना तयार पारिएको छ । जसले बाह्य तथा आन्तरिक पर्यटकका लागि आकर्षण दिने गरेको छ । मन्दिर आकर्षक समेत रहेको छ ।

विराटनगर बाहिरबाट घुम्न आउनेहरुका लागि काली मन्दिर पुग्नु पर्ने स्थानमा पर्दछ । बाह्य पर्यटकहरु समेत आउँदा यसको अवलोकन गरेर मात्रै फर्कने गरेका छन् । आश्विन शुक्ल प्रतिपदा (नवरात्र) देखि टिकाको दिनसम्म यहाँ भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ । नवरात्रमा यहाँ जमरा राख्ने चलन छ । त्यस बाहेक दुर्गामाताको पुजा आरधना विशेष रुपमा हुने गरेको छ । यहाँ दर्शनगर्दा मनोकामना पुराहुने भक्तजनको मान्यता छ । सधैजसो मन्दिरमा भक्तजनको भिड हुन्छ । प्रायजसो जन्मदिन, वैवाहिक वर्षगाठ तथा कुनैपनि पर्वमा मन्दिरमा भक्तजन आउने गरेका छन् । उनीहरुले विशेष दिनमा विशेष मनोकांक्षा पुरा होस् भन्ने माग गर्दछन् ।

दैनिक रुपमा बिहान ७ बजे देखि १० बजेसम्म भिड हुन्छ । अझ शनिवार बढि भिडहुने गरेको मन्दिरका ४० वर्षीय पुजारी सुरेश अधिकारीले जानकारी दिए । विगत १० वर्षदेखि अधिकारी काली मन्दिरमा पुजारीका रुपमा कार्यरत छन् । उनका अनुसार भगवानसामु प्रार्थना गर्दा शक्ति प्राप्त हुन्छ भन्ने अभिलासाले बढीभक्जन आउने गर्दछन् । अन्य मुलुक अथवा नेपालकै अन्य क्षेत्रवाट बिराटनगर आउने पर्यटक समेत पहिले काली मन्दिरको दर्शनकोलागि आउने गरेको उनको भनाई छ।

सुरुवातमा यहाँ भएको बरको रुख मुनि शिलालाई मात्रै पुजिन्थ्यो र छेउमा सानो मन्दिर थियो । वि.सं. २०५२ सालमा माथिल्लो तलामा मन्दिर निर्माण गरीएको हो । यहाँ बलिचढाउने परम्परा समेत छ । बोका, कुखुरा, हाँस लगायत पशुपंक्षीको बलिचढाउने गरिएको छ । एकादशी र औशीबाहेकका दिनमा यहाँ बलि दिईन्छ । कालि मन्दिरकै छेउमा काली मन्दिर नामक सुविधासम्पन्न धर्मसाला समेत निर्माण गरिएको छ । न्युन शुल्कमा जोकोहिले धर्मशालामा बस्न सक्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्