चलचित्र ‘सुगुप’बाट डेब्यु गर्दै सुम्निमा खापुङ

चलचित्र ‘सुगुप’बाट डेब्यु गर्दै सुम्निमा खापुङ

सुजता लिम्बू
विराटनगर । हरेक मान्छेले जीवनमा केही न केही गर्ने सपना देखेका हुन्छन् । फरक यति मात्रै हुन्छ मान्छेको उमेर, क्षमता अनुसार सपना पनि फरक हुन्छन् । त्यसो त कसैको सपना सकार हुन्छन । कोही त्यही सपना प्राप्त गर्ने होडबाजीमा रुमलिरहेका हुन्छन् ।

यस्तै , विराटनगरकी सुम्निमा खापुङको पनि बाल्यकालदेखि ‘मिस नेपाल’को ताज पहिरिने ठूलो सपना थियो । उनलाई मिस नेपाल उपाधी विजेताहरुको पहिलदेखि हालसम्मको नाम कण्ठ छ । उनको लागि यो क्षेत्र प्रिय छ, सपना पुरा गर्ने हुटहुटी पनि उत्तिकै छ । सायद बाल मस्तिष्कमा कुदेर राखिएको सपनाको क्यानभास भएर पनि होला उनको लागि यो क्षेत्र प्रिय भएको ।

सन् २०१५ मा मिस पूर्वेली सुपर मोडल विजेता सुम्निमा त्यो समय उनी नर्सिङ पहिलो वर्षमा अध्ययनरत थिइन् । आफूले देखेको सपना र अध्ययन गर्दै गरेको विषय धेरै नै फरक थियो ।यद्यपी उनले आफ्नो इच्छालाई मार्न दिइनन् । इच्छा पुरा गर्नलाई उनको परिवारसँगै आफूलाई अध्यापन गराइरहेको शिक्षाको समेत साथ भएकाले पनि मिस पूर्वेलीका लागि प्रतिष्पर्धाको मैदानमा उभिन सफल भएको उनी बताउछिन् ।

अक्सर सुम्निमालाई उनले अंगालेको पेसा र मेडलिङ फरक—फरक क्षेत्र हो नि ? कसरी सम्भव भयो ? भन्ने प्रश्न नै सोध्ने गरेको सुनाउछिन्।
र यही प्रश्न पुनः दोहोराइरहँदा उनी हाँस्दै भन्छिन्,‘जहाँ इच्छा त्यहाँ उपया, परिवार, साथीभाई साथै मलाई पढाइरहनुभएको शिक्षकहरुको साथले पनि सम्भव भएको हो ।’

आधा दर्जन बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी उनलाई नर्सिङ पेसामा पाइला अगाडी बढ्छ भन्ने उनले सोचेको समेत थिइनन्। तर आमाको सल्लाह बमोजिम नर्सिङ अध्ययन सुरु गरेको उनले सुनाइन् । तेह्रथुम जिल्लाको मोराहाङ उनको थाकथलो हो ।
त्यहीको अस्पतालमा उनले लामो समय सेवा प्रवाह गरेर केही समयका लागि विदा भएकी छिन् । नयाँ घरगृहस्थको तयारीमा रहेको उनी आफ्नो जीवनको लक्ष्य अर्थात मोडलिङ क्षेत्रलाई विवाहपछि पनि जीवन्त दिने तयारी रहेको सुनाउछिन् ।

विवाहसँगै तपाईको मिस नेपाल बन्ने सपना तुहिन्छ होला नि ? भन्ने प्रश्नमा निर्धक्क उनी भन्छिन्,‘विवाहपछि मिसेस नेपालमा प्रतिस्पर्धा गर्छु, मेरो हुनेवाला श्रीमानले पनि यसमा साथ दिन्छु भन्नुभएको छ ।’ नर्सिङ पेसासँगै मोडलिङ क्षेत्रलाई डोहोर्याउदै अगाडी बढेकी सुम्निमा पछिल्लो समय चलचित्रमा समेत अभिनय गरेकी छिन् । उनी लिम्बू जातिको सुत्केरीमा मृत्यु हुँदा नाम दिइने सुगुपको कथामा निर्माण भएको चलचित्रमा डेब्यु गर्दैछिन् । चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार , संस्कृति प्रवर्द्धन तथा यसलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र सुगुप फागुन २८ गते विराटनगरमा समेत प्रदर्शन हुँदैछ ।

चलचित्रमा भूमिका निर्वाह गर्ने प्रस्ताव आएपनि कथा कसले लेखेको हो भन्ने निक्कै पछि मात्रै थाहा पाएको अनुभव सुनाउदै उनले चलचित्र क्षेत्रमा प्रवेश गर्नका लागि बुबा र आमासँगै आफन्तहरुको साथ रहेको सुनाइन् । ‘यो चलचित्रमा खेल्नका लागि मेरो बुबाआमा, देबेन्द्र काका र डाइरेक्टर लोकेन साँवाले पनि भन्नुभयो साथै लिम्बू समुदायमा मलाई चिन्नु हुने अग्रजहरुले पनि सल्लाह दिनुभयो र म चलचित्रमा अभिनय गर्न तयार भएकी हुँ,’ उनले सुनाइन्,‘ यो चलचित्रको स्क्रिप्ट देवेन्द्र काकाले लेख्नुभएको हो भनेर पछि मात्रै थाहा भयो ।’

सुटिङको समयमा सबै परिवार जस्तो अनुभुति भएको र अग्रज कलाकार, निर्माण टिम सबैको साथ सहयोग उत्तिकै रहेको उनी सुनाउछिन् । यो पहिलो चलचित्रमा आफूले गरेको अभिनय दर्शकले मन पराएको खण्डमा र पुनः प्रस्ताव आए फेरी अभिनयको क्षेत्रमा प्रवेश गर्न तयार रहेको उनको भनाई थियो । उनी भन्छिन्,‘ हरेक क्षेत्रमा आफूलाई निखार्नु यात्रा त जिरोबाट नै सुरुवात गर्नुपर्छ , त्यसैले आफूलाई परिपक्क बनाउनु जिरोबाट यो क्षेत्रमा अगाडी बढिरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्