‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ सार्वजनिक

<span class='c1'>‘वैरागी काईँलाका प्रारम्भिक</span> <span class='c2'>रचनाहरु’ सार्वजनिक</span>

काठमाडौं । लेखक डा. देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रमका उक्त कृति सार्वजनिक गरिएको हो ।

कार्यक्रममा वैरागी काईँलाले पुस्तकमा त्यसै पन्छाएर राखेका रचनाहरु छापिएकोमा खुसी व्यक्त गरे । साहित्यको दृष्टिकोणले पुस्तकको महत्व कम भए पनि आफ्नो लेखनको यात्राको इतिहासमा त्यसको अध्ययनमा काम लाग्ने वस्तु रहेको उनको भनाइ छ ।

उनले भने,‘यो किताबमा छापिएका गद्य, पद्य विधाका रचनाहरु मैले त्यसै पन्छाएर राखेको थिएँ । यो सुरुको सिकारु बेला लेखेको भएर पछि छापिएको संग्रहमा मैले नराखेको हो । तर देवी क्षेत्री दुलालजीले खोजखाज गरेर यसलाई त निकाल्नुपर्छ भन्नुभयो । साहित्यको दृष्टिकोणले यसको महत्व नभए पनि मेरो लेखक यात्राको इतिहासमा त्यसको अध्ययनमा काम लाग्ने वस्तु हुन्छ ।’

पाँचथर स्रष्टा मञ्चको आयोजनामा भएको कार्यक्रममा काईँलालाई अभिनन्दन पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्