कोशी प्रदेशका ४ जिल्लाबाट लागुऔषधसहित ६ जना पक्राउ

कोशी प्रदेशका ४ जिल्लाबाट लागुऔषधसहित ६ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका ४ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित ३७ वर्षीया शोभा श्रेष्ठले आफ्नै घर कोठामा लागुऔषधको बेचबिखान गरिरहेको छ। भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ५ सय ५० मिलिग्राम, विभिन्न कम्पनीका मोबाइल ११ थान, नगद ३७ हजार रुपैयाँ, घडी ४ थान, ईयरबड २ थान र पावरबैंक १ थान सहित पक्राउ गरेको हो । यसका साथै बेचबिखनमा संलग्न निजको छोरा १९ वर्षीय गोबिन्द श्रेष्ठ, बुहारी १८ वर्षीया सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर- ४ की २४ वर्षीया पलबी गुरुङ समेतलाई समेत पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको विराटनगर- १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारतीय नागरीक २१ वर्षीय मो. सल्मानलाई ब्राउनसुगर १ ग्राम १२ मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

यस्तै उदयपुरको बेलका नगरपालिका ९ स्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० वर्षीय निकेश पराजुलीलाई ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले भोक्रहा नर्सिङ गाउँपालिका १ र २ को सिमानामा स्थित रहेको गँहु बारीमा बेवारिसे अबस्थामा (८ बोरा) १ सय ९२ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो ।

लागुऔषध गाँजा र पक्राउ परेका उनीहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्