झिनो अंकले घट्यो नेप्से

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अंकले घटेको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो ।

सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको सूचक मात्र बढेका छन् ।

विकास बैंक,फाइनान्स, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहबाहेक अरु उपसमूहको सूचक नकारात्मक देखिएका हुन् ।
सामान्य अंकले घटेको बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ९० वटाको सेयरमूल्य बढ्दा १ सय ५० को घट्यो भने ९ कम्पनीको मूल्य स्थिर रह्यो । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले वृद्धि भएको हो । ३ सय १४ कम्पनीको ९३ लाख ४२ हजार ५ सय ४६ कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा खरिदबिक्री भएको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स र साना किसान लघुवित्त छन् । हिमालयन रिइन्स्योरेन्स को ३१ करोड ७३ लाख र साना किसान लघुवित्तको १२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । तेस्रोमा रहेको जोशी हाइड्रोपावरको ८ करोडको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्