सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली

सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् ।

मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए । उनले भने, ‘अहिलेको गठबन्धनको उद्धेश्य नेकपा एमालेको विरोध हो, एमालेलाई अगाडी बढ्न नदिनु हो, एमालेलाई बदनाम गर्नु हो । एमालेको चरित्रहत्या गर्नु हो ।’

वर्तमान सरकारको विकास र सुशासनको एजेण्डा नभएको ओलीको भनाइ छ । देशका लागिकाम गर्ने अब कुनै दल छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै अध्यक्ष ओलीले गठबन्धनको यही कारण विभिन्न शक्तिहरु सल्बलाएको उल्लेख गरे । उनले भने, ‘एमालेको झुटो लाञ्छना लगाएको छ । यो गठबन्धन ठूलो अपराध हो । गठबन्धनको असफलताका कारण विभिन्न शक्तिहरु सल्बलाउन थालेका छन् । कोही धर्मका नाममा कोही, कोही जातजातीका नाममा ।’
राजनीतिक चेत नै नभएका मान्छेहरु लहडका भरमा राजनीतिमा आउनु दुखःद रहेको अध्यक्ष ओलीको आरोप छ ।

ओलीले आफू सरकारमा रहँदापनि संक्रमणकालीन न्याय टुंग्याउन पहल गर्दा पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवानले नै नमानेको दाबी गरे ।
उनले भने, ‘हाम्रा लागि आफ्नो केही छैन । संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा पीडित मञ्जुर भए हाम्रो पनि सहमति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्