विश्वकप लिग-२ मा नेपाल र नामिबिया भिड्दै

विश्वकप लिग-२ मा नेपाल र नामिबिया भिड्दै

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दै छ । त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नामिबिया दोस्रो पटक आमने सामने हुन लागेका हुन् ।

यो खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । नेपाल रोहित पौडेल तथा नामिविया जेराल्ड इरास्मसको कप्तानीमा रहेको छ । पहिलो खेलमा नेपाल नामिवियासँग ४ विकेटले पराजित भएको थियो ।

पहिला व्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्ने टोलीले हार्ने गरेकाले आजका खेलमा पनि टसको महत्वपूणर् भूमिका हुने छ । टस जित्ने टोलीले पहिला फिल्डिङ रोज्दा हारेर ब्याटिङ गर्ने टोली समस्यामा पर्ने गरेको छ ।
नेपाल जारी सिरिजमा एकमा जित र एकमा हार व्यहोरेको छ ।

नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्