विराटनगर । नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट ६ जना महासमिति सदस्य चयन भएका छन् । सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् ।
नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रतिनिधि मध्येबाट सभापति युवराज गुरुङ, बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ र केश बहादुर गुरुङ महासमिति सदस्यमा चयन भएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै सभापति गुरुङले नेपाली जनसम्पर्क समिति बेलायतले विधानत महासमिति सदस्य चयन गरेको जानकारी गराएका छन् ।
फागुन ७ गतेदेखि जारी कांग्रेस महासमितिको बैठक १० गतेसम्म संचालन हुनेछ ।