नामिबियासँग दुई विकेटले हार्यो नेपाल

<span class='c1'>नामिबियासँग दुई विकेटले</span> <span class='c2'>हार्यो नेपाल</span>

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाकोआफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।

टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नामिबियाका लागि कप्तान जेर्हार्ड इरासमसले ५२ रनको योगदान दिए ।

त्यस्तै, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले तीन तथा ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जारी शृंखलामा नेपालले नामिबियासँगका दुवै खेल हारेको हो ।
नेपालले शृंखलाको आफ्नो अन्तिम खेलमा अब नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो ।
नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६, भीम सार्की २६ , कुशल भुर्तेल १८ र करण केसी १२ रन जोडेर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्