कोशी प्रदेश सरकार र पुनःनामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

कोशी प्रदेश सरकार र पुनःनामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामाकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा सुरु भएको छ ।

विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता सुरु भएको हो ।

गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने तथा प्रदेशको पुनः नामाकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्नेसहितका सहमति यसअघि भएको थियो । फागुन १० गते अगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने सहमति भएअनुसार आज वार्ता सुरु भएको हो ।

आजको वार्तामा सरकारको तर्फबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री थपिएका छन् । यसअघि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक रहनेगरी वन वातावरण तथा पर्यटन गणेश उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्