कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच तीनबुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच तीनबुँदे सहमति

विराटनगर । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामाकरण संघर्ष समितिबीच आज भएको वार्तामा तीनबुँदे सहमति भएको छ।

विराटनगरस्थित होटल इस्टर्न स्टारमा आज वार्ता भएको हो। दुवै पक्षको वार्ता टोलीले तीनबुँदे सहमति गरेका हुन्।

प्रदेशको पुन:नामाङ्कन प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्‍याउन आगामी वार्तासम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत गरेका थिए।

सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनका क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण तथा घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरि पेश गर्न सरकारका तर्फबाट २ जना र आन्दोलनरत पक्षका तर्फबाट २ जना रहने गरि एउटा कार्यदल गठन गर्ने सहमति भएको छ।

यसअघिकाे वार्तामा पाँचबुँदे सहमति भएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्