काठमाडौं । विदेशी मुद्राको विनिमय दरमा आज पनि धेरै फेरबदल छैन ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।