‘मिस नेपाल पिस २०२४’ को घोषणा

<span class='c1'>‘मिस नेपाल पिस</span> <span class='c2'>२०२४’ को घोषणा</span>

काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को घोषणा गरिएको छ ।

आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगिताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा विभिन्न उपहारसमेत जित्न सक्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनोट चरणको अडिसन हुने प्रतियोगिताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रवी धमलाले बताए ।‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारासहित लामो समयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ वर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।

छनोट चरणमा छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे्रङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्