कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिन्हको चिन्ता

कांग्रेस महासमिति बैठकमा गठबन्धनकै चर्चा, रुख चिन्हको चिन्ता

ललितपुर । नेपाली कांग्रेसको महसमिति बैठकको चौंथो दिन बिहीबार विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । अधिकांश नेता कार्यकर्ताहरुले जारी महासमिति बैठकले कांग्रेस प्रतिजनताको आकर्षण बढ्ने गरि हुनुपर्ने धारणा राखेका छन् ।

प्रतिवेदनमाथिको छलफलमा बोल्दै भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताएका छन् ।
उनले गठबन्धन हुनु या नहुनुले के फरक पर्छ?भन्दै प्रश्न समेत गरेका छन् । आफू गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको बताएका थापाले पाँच वर्षसम्म गठबन्धन कायम रहनुपर्ने बताएका हुन् । उनले भने, ‘नैतिकताको आधारमा राजीनामा दिएपछि मात्र गठबन्धन छोड्छु । पाँचवर्ष गठबन्धन गर्नुपर्छ । पार्टी पूणर् रुपमा सभापतीय प्रणालीमा जानुपर्छ । पदाधिकारी कति छन् गन्नपनि सक्दिन । जति पदाधिकारी भएपनि केही हुने रहेनछ । दुईजना महामन्त्री भएपनि केही हुने रहेनछ । यो महासमिति बैठकले कांग्रेसले कांग्रेसलाई मात्र भोट हाल्ने वातावरण बनाओस् ।’

त्यस्तै, महासमिति सदस्य गोपाल विश्वकर्माले भने गठबन्धन नगर्ने विषय केन्द्रीय समितिबाट अनुमोदन गराउन आग्रह गरे । उनले भने, ‘गठबन्धन नगर्ने कुरा केन्द्रीय समितिबाट अनुमोदन गराउनुस् । गौतम बुद्ध जन्मेको देशमा हिन्दु राष्ट्र अभियान चलाउने किन चलाउने केन्द्रीय समितिबाट निणर्य गराएर आउनुस् ।’
उनले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीको घोषणा पत्र कार्यान्वयन गराउन ध्यानाकर्षण समेत गराए ।

उनले भने, ‘पार्टीले घोषणा गरेको घोषणापत्र किन कार्यान्वयन भएन सभापति ज्यू ? पार्टी पदाधिकारी, मन्त्री र केन्द्रीय सदस्य सबैले जिम्मा लिनुपर्छ,’
महासमिति सदस्यभीमसेनदास प्रधानले तल्लो तहमा छलफल गरेर महासमिति बैठक गर्ने वातावरण आगामी बैठकहरूमा मिलाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्