गठबन्धनको मुद्दाले हाउगुजी गरायो, अहिले संगठन बनाऔं : चौधरी

<span class='c1'>गठबन्धनको मुद्दाले हाउगुजी गरायो, अहिले</span> <span class='c2'>संगठन बनाऔं : चौधरी</span>

ललितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना पार्टीमा हुनुपर्ने बताएका छन् । २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको समेत बताए ।

नेपाली कांग्रेसको महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा धारणाराख्दै चौधरीले अहिले संगठन गरेर ०८४ को चुनावमा गठबन्धनको कुरा गर्न सुझाव दिए । उनले भने, ‘हामीले यो गठबन्धनका कुरा भनिरहेका छौँ । गठबन्धन भनेको चुनावमा गर्ने कुरा हो । चुनाव अगाडि छलफल गर्ने कुरा हो । अहिले भनेको संगठन बनाउने कुरा हो ।

‘त्यस्तो सक्षम लिडर खोजौँ जसले हामीलाई सहि बाटोमा डोहोर्याओस । अहिले नै गठबन्धन हुन्छ कि हुँदैन ?०८४ मा चुनाव छ, संगठनको कुरा छ, अहिले गठबन्धनका कुरा छन् । हामी कुन बाटोमा हिँड्दैछौँ, मुख्यमन्त्री चौधरीले भने । ‘अहिले संगठन बनाउने कि गठबन्धनका कुरा गर्ने ? अहिले नै चुनाव आइसक्यो र ? हामीले पदाधिकारीमा सक्षम भनेर जिताएका छौँ, उनले भने, ‘०८४ मा जे डिसिजन ल्याउनु हुन्छ केन्द्रीय कार्यसमितिले देश र परिस्थिति बुझेर गठबन्धन गर्ने हो ।

मुख्यमन्त्री चौधरीले भने, ‘चुनाव नआउँदै गठबन्धन भनेको छ, हल्ला गरेको छ । हाउगुजी बनाएको छ । सबैलाई रुखमा भोट हाल्ने मन लाग्छ । चारतारे झण्डा सधैँ फहराइ रहोस, रुख कहिले नढालोसे । भनेर संगठन बनाउनतर्फ लाग्ने की हाउगुजी बनाएर हिड्ने ?।
‘तदारुकताका साथ संगठन बनाउन जुटौँ । गठबन्धनको हाउँगुजी बनाएर अतिरञ्जित नगरौँ । आफूले आफैलाई आत्मसात गरेर सोँचौँ । हामी कहाँ छौँ पार्टी विगारेको तपाई हामीले हो, मुख्यमन्त्री चौधरीले भने । ‘सक्रिय सदस्यता दिने बेला घरघरमा दिने । आफ्नो श्रीमतीलाई दिने, आफ्नो छोराछोरीलाई चाहियो, बुहारीलाई चाहियो । अहिले किन रिन्यू भइरहेको छैन रु, चौधरीले भने, ‘किन भने चुनाव आएको छैन । चुनाव आउँदा सबैको सक्रिय सदस्य आठ लाख होइन १६ लाख हुन्छन । चुनावमा क्याम्पेनिङ गर्दा सक्रिय सदस्यहरू खोइ ?छैनन् ।
‘दलितको घरमा कसरी पुग्ने ?रणनीतिक रुपमा पहिला कहाँ कसरी पुग्ने पुग्ने ? जनजातिको घरमा कसरी पुग्ने ? त्यो रणनीतिका कुरा गर्दैनौँ । हाउगुजीका मात्रै कुरा गर्छौं । चौधरीले भने, ‘यो गठबन्धनको कुरा ०८४ मा गर्नुस । हामी विश्वास गर्छौ केन्द्रीय कार्यसमितिले देश र परिस्थितिअनुसार कोसँग के गर्ने रु त्यहि बेला कुरा गरौँला । पहिला संगठन गरौँ ।

मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयन गर्ने विषयमा कसैले नबोलेको बताए । उनले संविधान असफल बनाउन केही तत्व लागेको भन्दै संविधानको रक्षा र कार्यान्वयनका लागि कांग्रेसले नेतृत्व लिनुपर्ने बताए ।

‘सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान कार्यान्वयनमा कसैले बोल्नु हुन्न । हाउगुजीका कुरा बाहेक केही छैन । केन्द्रले प्रदेशलाई अधिकार दिएको छैन। गाली खाने प्रदेशले मात्रै हो ?विकास हामीलाई आफ्नै घर अगाडि चाहिएको छ । डोजरको विकास चाहिएको छ । तर आर्थिक विकास र समृद्धिमा लाग्दा गालि खानु पर्छ, सहयोग हुदैन, उनले भने, संविधाको रक्षाका लागि कसले नेतृत्व गर्ने ? यसैगरी कांग्रेसले संविधान कार्यान्वनयमा ध्यान नदिने हो भने संविधान फेल हुन सक्छ । अनि हामी सबै फेल हुन्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्