नेपाल ‘ए’लाई क्यानडाले जित्यो एक दिवसीय शृंखला

नेपाल ‘ए’लाई क्यानडाले जित्यो एक दिवसीय शृंखला

काठमाडौं । निर्णायक खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै क्यानडा ११ ले क्रिकेटको एक दिवसीय शृंखला जितेको छ ।

बिहीबार भएको तेस्रो अर्थात अन्तिम खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले शृंखला २–१ ले जितेको हो ।

मूलपानी क्रिकेट मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८ ओभर ५ बलमा मात्र ६ विकेट गुमाएर पूरा ग¥यो । क्यानडाका लागि निकोलस किर्तनले सर्वाधिक ५८ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, आरोन जोन्सनले ४२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा अलआउट भएको थियो ।
नेपालका लागि आशुतोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जीसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए ।

बलिङमा क्यानडाका हर्ष ठाकर, डिलोन हेलिगर र निकोलस किर्तोनले २–२ विकेट लिए । कलिम साना र साद बिन जफरले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्