कांग्रेसको निष्कर्ष : नेतृत्वदायी भूमिकाप्रति सचेत रहने

<span class='c1'>कांग्रेसको निष्कर्ष : नेतृत्वदायी</span> <span class='c2'>भूमिकाप्रति सचेत रहने</span>

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकले संघीय संरचनाका तीन तहको सरकार सञ्चालनमा देखिएका समस्या समाधानमा नेतृत्वदायी भूमिकामा सचेत रहने निष्कर्ष निकालेको छ । बैठकले संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पनि काम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

चार दिनसम्म चलेको बैठकमा प्रस्तुत विभिन्न प्रस्तावहरूलाई भने केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मत पारित गर्दै महासमिति बैठक सम्पन्न भएको पार्टीले जनाएको छ । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव, लेखा समिति संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन र अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अर्थसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । त्यसलाई महासमितिले संशोधनहित पारित गरेको पार्टीले जनाएको छ ।
गत सोमबारदेखि सुरु भएको महासमिति बैठकले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ । महासमिति बैठकका निष्कर्षहरु सार्वजनिक गर्दै प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले मुलुकलाई निकास दिँदै तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिका प्रति सचेत रहने निष्कर्ष निकालेको बताए ।

कांग्रेस महासमिति बैठकले शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालिन न्यायका विषय चाँडै टुंग्याउने प्रतिबद्धता जनाएको छ । यस्तै सत्ता गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्टाचार, बेथिति र विसंगतिका विरुद्ध वैधानिकरुपमै अभियान संचालन गरि सुशासन र राष्ट्रिय सदाचार पद्धति स्थापित गर्न कृतसंकल्पित रहने निष्कर्ष निकालेको छ ।

तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्याहरुलाई समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहने पनि भनेको छ । किसान, सहकारी बचतकर्ता, मिटरब्याज र लघुवित्त पीडितहरुको समस्या समाधान गरि न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्