इटहरी । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) सुनसरीले इटहरीमा क्यान इन्फोटेक मेला सुरू भएको छ ।
बिहीबारबार देखि सूरू इन्फोटेकमा विदेशी साथै नेपाली उत्पादनलाईसमेत प्राथमिकताका साथ प्रदर्शन बिक्रि वितरण गर्न इन्फोटेक फागुन १४ गते सम्म हुने भएको छ ।
इन्फोटेकको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रदर्शनीले कोशी प्रदेशलाई सुचना प्रविधिको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेडुङ्गा सावित हुने प्रतिवद्दता रहेको मन्त्री कार्कीले बताए । देश तर्फ पनि एउटा महत्त्वपूर्ण योगदान पुर्याउने उनको भनाइ थियो ।
सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका सामाग्री तथा सेवाहरुको प्रदर्शनी र बिक्रि वितरण गर्ने र इन्फोटेकमा सुचना प्रविधिसम्बन्धि जानकारी लिनका साथै विभिन्न सामाग्री, उपकरणहरु सुपथ मुल्यमा किन्न सकिने व्यवस्था रहेको क्यान सुनसरीका अध्यक्ष सन्देश राईले बताए।
क्यान सुनसरीले छैठौं पटक इन्फोटेक आयोजना गरी सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यानले आयोजना गरिएको क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठले बताए ।
प्रदर्शनमा जानका लागि सर्वसाधारणका लागि ५० रूपैयाँ र विद्यार्थीका लागि २५ रूपैयाँ शुल्क तोकिएको छ । जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शुल्क प्रवेश व्यवस्था रहेको क्यान महासंघका केन्द्रीय अध्यक्ष रंजित पोदारले जानकारी गराए ।
इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्नका लागि छुट्टै सफ्टवेयर प्याभिलोन निर्माण गरेको छ ।
उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यलय सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य , महासंघका सचिव शम्भु धमला ,टाइटल स्पोन्सर प्रबन्ध निर्देशक प्रमोद अधिकारी , क्यान महासंघ कोशी प्रदेशका निबर्तमान अध्यक्ष तथा एक्सपर्ट एजुकेसन भिसा सर्भिस इटहरीका प्रबन्धक निर्देशक कमल तिम्सिना ,क्यान महासंघ महासचिव चिरञ्जीवी घिमिरे लगाएतले आफ्नो धारणा राखेका थिए ।
सो कार्यक्रममा इटहरी उप महानगरपालिकाका मेयर हेमकर्ण पौडेल , इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी टेकबहादुर कार्की, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल, क्यान महासंघका प्रतिनिधि , क्यान सुनसरीका प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि ,राजनीति दलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियोे ।