तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : योगेश भट्टराई

<span class='c1'>तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले</span> <span class='c2'>जवाफ दिनुपर्छ : योगेश भट्टराई</span>

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तीनजना मन्त्रीहरुको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ माग्दा नदिन हो भने विरोधका कार्यक्रमहरु यथावत रहने बताए ।
सदनमा विशेष समयको माग गर्दै उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दैसरकारको ध्यानाकर्षण गराएको हो ।

उनले भने, ‘तीनजना मन्त्रीहरुको सन्दर्भमा प्रधानमन्त्रीले यसैबखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ दिनु भएनभने विरोध यथावत रहने कुरा पनि जानकारी गर्न चहान्छु ।’
यस्तै उनले मिटरब्याजीहरुलाई ठग्ने अधिकांश अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरु भएको दाबी पनि गरे । उनले भने, ‘अधिकांश स्थानमा मिटरब्याजीका रुपमाजनता ठगिएका छन् ।ठगी गर्ने अधिकांश गठबन्धनसँग नजिकका मान्छेहरु छन् । म यो कुरा दाबीका साथ भन्छु । उनीहरुमाथि कुनै कारवाही हुँदैन् । नाटक मात्रै हुन्छ । यसबारेमा सरकार गम्भीर हुनुपर्छ ।’

सदनमा बालकुमारी घटनाको बारेमा ध्यानाकर्षण गर्दै आएका छौ । त्यो दिन आन्दोलनको अवस्था हुदाँ हुदैँ पनि मन्त्री जी त्यही बाटोबाट भिडलाई भड्काउने हिसाबले जानु भयो, मन्त्रीसँग सुरक्षाकर्मीहरु सुरक्षा व्यवस्था हुन्छ उनीहरुले मन्त्री आउनुभन्दा अगाडि बाटोको माहोल बुझ्नु पर्ने थियो । सबै जानकारी हुदाँ हुदैँ पनि मन्त्री त्यही बाटो परिस्थितीलाई उत्तेजित गर्ने एउटा काम भएको थियो । प्रधानमन्त्रीले फागुन ६ गतेको घटनालाई हत्या भनेर भन्नु भएको छ । यदि त्यो हत्या हो भने त्यो कसले गर्यो त, त्यहा रहेका सुरक्षाकर्मीबाट भएको हो यसकारण यो घटनामा सिंगो सरकार जिम्मेवार छ । यसको साथै यो घटनाको छानबिन गर्नको लागि समिति होईन् आयोग नै गठन भएको छ । आयोगले नै मन्त्री दोषि छ भनेर भनिसकेपछि त्यो मन्त्री फेरि पदमा बस्ने कुरा नैतिक हिसाबले हुदैँ हुदैँन् । प्रधानमन्त्रीले प्रहरीको गोलीले युवाहरुको हत्या भएको हो भनेर भनिसकेपछि गृहमन्त्री यसको नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन् ।
एउटा कुरा आयोगको प्रतिवेदन सदनमा टेबल हुनुपर्यो, छानबिनलाई निष्पक्ष रुपमा अगाडि बढाउनु पर्छ, आजको स्वास्थ्य मन्त्रीको राजीनामा चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्