सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्षको मागसहित फोनिजले घोषणा गर्‍याे आन्दोलन

<span class='c1'>सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्षको</span> <span class='c2'>मागसहित फोनिजले घोषणा गर्‍याे आन्दोलन</span>

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई समेटिनुपर्ने माग राख्दै आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरेको छ। फोनिजले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो।

फागुन १४ गते सोमबार बिहान ७ बजे फोनिजका सबै समितिका नेतृत्वसँग आन्दोलनबारे भर्चुअल सम्वाद गर्ने विज्ञप्तिमा उल्लेख छ।

फागुन १५ गते बिहान ११ बजे नेपाल पत्रकार महासंघका सबै समितिलाई फोनिजका सबै समितिमार्फत ७ दिने अल्टिमेटमसहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित स्मरणपत्र बुझाउने पनि कार्यक्रम छ।

‘फागुन १६ गते बिहान ११ बजे सरोकारवाला पत्रकारजन्य संघसंस्था र व्यक्तिहरूसँग छलफल गर्ने, फागुन १७ गते श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर भन्ने सन्देश फोनिजका सम्पूर्ण सदस्यहरूले महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीलाई मोबाइलमा पठाउने कार्यक्रम छ,’ विज्ञप्तिमा उल्लेख छ।

फागुन १९ गते फोनिजका सम्पूर्ण सदस्यहरूले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्क्रिनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुकलगायत सामाजिक सञ्जालहरूमा पोष्ट गर्ने कार्यक्रम रहेको उल्लेख छ।

स्मरणपत्र बुझाइएको मितिले ७ दिनभित्र माग पूरा नभएमा मिति २०८० फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरूमा अनिश्चितकालीन तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ।

फोनिजले तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष श्रेष्ठ रहेको दाबी गर्दै इतिहासमा यी नसमेटिएसम्म निरन्तर आन्दोलन गर्ने जनाएको छ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्