नामिबियाद्धारा नेदरल्याण्ड्स २४ रनले पराजित

नामिबियाद्धारा नेदरल्याण्ड्स २४ रनले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ ।

प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो ।
नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ ।
नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नामिबियाका जेरार्ड इरास्मस र जान फ्रांक्लिनले तीन तीन विकेट लिए ।

यसैगरी ब्रेनान्र्ड स्कोट्जले २ विकेट हात पारेका थिए । रुवेन ट्रम्पलम्यान र जान निकोल इटोनले एक एक विकेट हात पारे ।
नेदरल्याण्डस्का नोह क्रसले नटआउट ४६ रन बनाए पनि जित दिलाउन असफल भए । यसैगरी म्याक्स ओड ओडोडले ४१ रन बनाउँदा बास डी लिडले २४ रन बनाएका थिए । त्यसैगरी सिराज अहमदले १९ रन जोड्दा तेजा निदामनुराले १४ रन बनाएका थिए ।
टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सवै विकेट गुमाएर २०३ रनमात्रै बनाएको थियो । नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र बास डि लिडले एक एक विकेट हात पारे ।
नेदरल्याण्ड्सविरुद्ध नामिबियाको सुरुआत राम्रो भएन । टिमको स्कोर १ रन हुँदा नामिबियाले पहिलो विकेट गुमाएको थियो । उसका निकोलस डाभिन खाता नै नखोलेर पभेलियन फर्किए ।

त्यसपछि दोस्रो विकेट मिचेल भान लिनगेनको रुपमा नामिबियाले गुमायो । दोस्रो विकेट गुम्दा ६.१ ओभरमा ३३ रन बनाएको थियो ।
मिचेल २१ बलमा दुई चौकाको मद्दतले १० रन बनाए । तेस्रो विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस पभेलियन फर्किएका थिए । उनी २२ बलमा १२ रन जोडेर आउट भएका हुन् । कप्तान आउट हुँदा नामिबियाले १३.५ ओभरमा ६२ र न बनाएको थियो । चौथो विकेटको रुपमा ओपनर मलान क्रुगर आउट भए । क्रुगरले ४८ बलमा ३९ रनको पारि खेल्दा पाँच चौका हिर्काएका थिए ।
लगत्तै पाँचौं विकेटको रुपमा जेजे स्मिथर खाता नखोली आउट भएका थिए । उनी पहिलै बलमा आउट भएका हुन् ।
त्यसपछि जान फ्रांक्लिन छैटौं विकेटको रुपमा ३४ रनको पारि खेलेर आउट भए । उनले ५७ बलमा चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । फ्रांक्लिन आउट हुँदा नामिबियाले ६ विकेट गुमाएर ३२.२ ओभरमा १५५ रन बनाएको थियो । सातौं विकेटको रुपमा जान निकोलस रनआउट भए । निकोलसले ४३ बलमा दुई छक्का र छ चौका प्रहार गर्दै ४९ रन जोडे ।

यसैगरी जेन ग्रीनले २२ तथा रुवने ट्रम्पलम्यानले नटआउट २३ रन जोड्दा नामिबियाले २०० प्लसको स्कोर गर्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्