श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे लोकतन्त्र फस्टाउन सक्दैन : सांसद श्रेष्ठ

<span class='c1'>श्रमजीवि पत्रकारको पारिश्रमिकको विषय समयमै हल नगरे</span> <span class='c2'>लोकतन्त्र फस्टाउन सक्दैन : सांसद श्रेष्ठ</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले श्रमजीवि पत्रकारले पारिश्रमिक नपाएको विषयलाई राज्यले बेलैमा हल गनुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद भवनमा आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यको चौथो अंग आमसञ्चार माध्यममा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक नपाएको विषय उठेको हो ।

राज्यले समयमै श्रमजीविका समस्या हल गर्न नसके देशमा लोकतन्त्र फस्टाउन नसक्ने रास्वपा सांसद श्रेष्ठको भनाई छ ।
‘श्रमजीवि पत्रकारहरुले झेल्दै आइरहेका समयमै पारिश्रमिक नपाउने समस्यालाई राज्यले बेलैमा हल गर्न सकेन भने देशमा लोकतन्त्र फस्टाउन सक्दैन’ सांसद श्रेष्ठले भने । श्रेष्ठले राज्यको चौथो अंगमा कार्यरत श्रमजीविले समयमै पारिश्रमिक पाउनु पर्ने होकि होइन ? भन्दै प्रश्न पनि गरे ।

श्रमजीवि पत्रकारहरुले पारिश्रमिक नपाएको विषय सञ्चारगृहहरुबाट सडकसम्म पुगेको बताएका श्रेष्ठले श्रमजीविको पारिश्रमिक बेलैमा उपलब्ध गराउने वातावरण बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्