कृषिमन्त्रीलाई सांसदको प्रश्न, मनलाग्दी नियुत्ति गर्ने बाहेक किसानका लागि के काम गर्नुभयो ?

कृषिमन्त्रीलाई सांसदको प्रश्न, मनलाग्दी नियुत्ति गर्ने बाहेक किसानका लागि के काम गर्नुभयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरी ढकालले कृषकका लागि कृषिमन्त्रीले कुनै काम नगरेको भन्दै आक्रोश पोखेका छन् ।

आइतबार संघीय संसद सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने, ‘तपाईं कृषिमन्त्री भएपश्चात मनलाग्दी नियुत्ति बाहेक कृषि क्षेत्र र किसानका लागि गरेको एउटा राम्रो काम के हो ? सदनमा आएर भनिदिनुहोस ।’

यस्तै, उनले दूध किसानले भुक्तानी नपाउँदा मिल्क होलिडे सुरु गरेको भन्दै सरकार र कृर्षिमन्त्रीले किसानका समस्या सम्झेर र बुझेर समस्या समाधान गर्ने तत्परता देखाउनुपर्नेमा जोड दिए । सरकारले किसानको समस्या नसुने किसानले आन्दोलन गर्ने तयारी गरिरेहेका उल्लेख गर्दै उनले सरकारलाई किसानको समस्या समाधानको पहल गर्नका लागि सचेत पनि गराएका छन् ।

‘अब यो सरकारका कृषिमन्त्रीलाई बिउँझाउनलाई किसानहरुले पालेका पशु चौपाए सिंह दरबारमा ल्याएर हुल्दिने होकि बालुवाटार हुल्दिने हो ? नत्र सरकार बिउँझिदैन ।’ उनले आक्रोश पोख्दै थपे ‘किसानले दूध पोखेर गरेको तयारी सांकेतिक आन्दोलन मात्र हो ।

अब किसानले गोठमा पालेको पशु चौपाए सिंहदरबार र बालुवाटार लगेर हुल्दिन्छन् त्यसका लागि सरकार तयार रहोस,’सांसद ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्