संसदमा सांसद शाहीको कविता : दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ

<span class='c1'>संसदमा सांसद शाहीको कविता : दुई</span> <span class='c2'>नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक एवं ज्ञानेन्द्र शाहीले कवितामार्फत व्यंग गर्दै बालकुमारी घटनामा मृत्यु भएकाका परिवारलाई न्याय माग्दैमा कुनै अमुख व्यक्तिले राजीनामा माग्न नपाउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले जनताबाट निर्वाचित भएर आएको सांसदको राजीनामा माग्ने हक कसैलाई नभएको बताएका हुन् ।
बालकुमारी घटनाबारे न्याय माग्दा आफ्नो राजीनाम मागिएको भन्दै उनले सरकारको विरोध स्वरुप कविता सुनाएका छन् ।
सांसद शाहीले कवितामार्फत भने, ‘फक्रक्क फुल्न नपाउँदै कोपीला मै चुँडाइदियौ
दुई नौजवान युवाको सपना बालकुमारीमै उडाइदियौ
थिए होला तिनीहरूका सपना न्यानो लगाउने र मिठो खाने
रक्षक नै भक्षक भए पछि सम्माननीय सभामुख महोदय न्याय खोज्न हामी कहाँ जाने ?
आँखाबाट आँशु झार्दै भक्कानिएर रुन्छिन् उनकी आमा
अपराधीलाई कारवाही गर भनी आवाज उठाउँदा माग्छौ मेरो राजीनामा ?
सत्ता तिम्रै छ, शक्ति तिम्रै छ जति दबाउन सक्छौ दबाऊ
दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्नेछन्
र भन्नेछन् भ्रष्टाचारी र देशद्रोहीलाई देशबाटै भगाऊ’

वर्तमान व्यवस्था अपरिवर्तनीय नभएको भन्दै शाहीले सत्तापक्षका नेताहरुलाई संविधान पढ्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्