इलाम–२ र बझाङ प्रदेशसभा–१ मा वैशाख १५ गते उपनिर्वाचन

<span class='c1'>इलाम–२ र बझाङ प्रदेशसभा–१ मा</span> <span class='c2'>वैशाख १५ गते उपनिर्वाचन</span>

काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले सरकारसँगको परामर्शमा उपनिर्वाचन मिति घोषणा गरेको जनाएका हुन् ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । गत वर्ष ०७९ को मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ ।
प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ । त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको सवारी दुर्घटनामा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्