मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्धारा टोली गठन

<span class='c1'>मिटरब्याज पीडितसँग वार्ता गर्न</span> <span class='c2'>सरकारद्धारा टोली गठन</span>

काठमाडौं । मिटरब्याज एवम लघुवित्त पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ । गृह मन्त्रालयले रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली बनाएको हो ।

पश्चिमको कञ्चनपुर र पूर्व झापाको मेचीपुलबाट पैदल हिँडेर २३ दिनमा काठमाडौं पुगेका पीडितसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि आउन भन्दै पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै छलफलमा नजाने निर्णय समितिले गरेको थियो ।
लगत्तै मन्त्रालयले फेरि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नाममा पत्र पठाएको हो ।

पत्रमा पीडितका तर्फबाट पाँच सदस्यीय टोली गठन गरेर आउन पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्