इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु

<span class='c1'>इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर</span> <span class='c2'>दिँदा एक युवकको मृत्यु</span>

विराटनगर । ट्रकको ठक्करबाट सुनसरीको इटहरीमा एक युवकको मृत्यु भएको छ ।

आज दिउसो भएको दुर्घटनामा स्कुटरमा सवार इटहरी–५ का ३१ वर्षीय रोबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ६५७५ नम्बरको ट्रकले प्रदेश १–०२–०४६ प २८६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसमा सवार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

ट्रक र चालक झापाको अर्जुनधारा–९ का ठाकुरलाल तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्