आत्मनिर्भर बन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, नमुना युनिसेक्स एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

आत्मनिर्भर बन्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, नमुना युनिसेक्स एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा

विराटनगर । लिड नेपाल दमकले आयआर्जन र समुदायका सदस्यहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यका साथ ट्रेनिङ सेन्टरसहितको सैलुन सञ्चालनमा ल्याएको छ ।

लिड नेपाल संस्थाको अगुवाई र दमक नगरपालिकाको सहयोगमा दमक ५ स्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनिङ एकेडेमी शनिबारबाट सञ्चालनमा ल्याइएको हो ।

सैलुनको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले विधिवत् रुपमा उद्घाटन गरेको हुन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउन स्थानीय सरकारले सहयोग पुर्‍याउँदै आएको बताइन् उपप्रमुख भट्टराईको भनाई थियो ।

समुदायलाई लक्षित गरि सीपमूलक तालिम लगायतका अवसर प्रदान गरि स्वरोजगार बनाउन खाचो रहेको र लिड नेपालले यसका लागि तारिफ योग्य समन्वय गरिरहेको उनले बताइन् । सैलुन उद्घाटनमा लिड नेपालकी कार्यक्रम संयोजक नुमा लिम्बू (चन्चला ) ले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई रोजगारीसंगै सीपमूलक तालिम प्रदान गरि संस्थागत सवलीकरणमा यस कार्यलाई शुरुवात गरेको र आगामी दिनहरुमा यसलाई विस्तार गरेर समुदायका सदस्यहरुलाई रोजगारी प्रदान गरिने समेत उनले बताइन् ,। उनका अनुसार यस सैलुनमा नगरपालिकाले तालिमसंगै आवश्यक भौतिक संरचनामा सहयोग पुर्‍याएको छ। नगरपालिकाले सैलुन खोल्नका लागि यसअघि त्यससम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा १८ जना प्रशिक्षार्थी सहभागी थिए ।

सैलुनमा श्रृङगार सम्बन्धी जनशक्ति सोहि तालिमबाट तयार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्